नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरी प्रमुख आर्यालद्वारा डीआईजी मनिष थापालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । सशस्त्र प्रहरी प्रमुख आईजीपी राजु अर्यालले डीआईजी मनिष थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । 

गृहमन्त्रीस्तरीय निर्णयअनुसार साउन १२ गते डीआईजीमा बढुवा भएका थापालाई आज  सशस्त्र प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच आईजीपी अर्यालले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

त्यस्तै आईजीपी अर्यालले प्राविधिक एसएसपीमा बढुवा भएका ई.मिलनमान मास्केलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। आजै आईजीपी अर्यालले  डीएसपीमा  विशेष बढुवा भएका ईश्वरी बहादुर पुन, चाम नारायण महतो र रित बहादुर बस्नेतलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्  ।

दर्ज्यानी चिन्ह प्रदान गर्दै आईजीपी अर्यालले बढुवा भएका उच्च सशस्त्र प्रहरी अधिकृतहरुलाई हार्दिक बधाई दिदै पदीय जिम्मेवारीमा उत्तरदायी भई पूर्ण व्यवसायिकताका साथ कार्यक्षेत्रमा आम नागरिकको सेवा, सुरक्षा र सहयोगमा ईमान्दार र कर्तव्यनिष्ठ भई कार्यसम्पादन गर्न निर्देशन दिएका थिए।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्