नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरीको कमाण्डको टोलीद्वारा झण्डै १ क्विन्टल गाँजा बरामद

काठमाडौं । सशस्त्र प्रहरी  र नेपाल प्रहरीको संयुक्त टोलीले झन्डै १ क्विन्टल गाँजा बरामद गरेको छ।

सशस्त्र प्रहरी प्रधान कार्यालयअनुसार आज सप्तरीको सुरुङ्गा नगरपालिका-११ नयाँटोलस्थित बिहुल खोला नजिकैको बगैचाबाट ९८ किलो गाँजा बरामद भएको हो।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीको कमाण्डमा खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले उक्त स्थानमा ५ वटा पोकामा बेवारिसे अवस्थामा रहेको ९८ किलो गाँजा बरामद गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

बरामद गरिएको गाँजालाई आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई  बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्