नेभिगेशन
सशस्त्र प्रहरी

भारतबाट तस्करी गरेर ल्याइएको सुर्तीजन्य पदार्थसहित बुलेट मोटरसाइकल सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरीले बुलेट मोटरसाइकलसहित भारतबाट ल्याइएको ठुलो परिमाणमा सुर्तीजन्य पदार्थ बरामद गरेको छ।

सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार कैलालीको घाट इलाकाबाट  बेवारिसे अवस्थामा रहेको म-प्र-०३–०३४ प ७५१० नम्बरको बुलेट मोटरसाइकलसहित ५ लाख ७१ हजार रुपैयाँ बराबरजो ठुलो परिमाणको सुर्तीजन्य पदार्थ बरामद गरेको हो।

एपीएफ ईन्टेलिजेन्स व्यूरोको विशेष सूचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक धिरेन्द्र शाहको कमाण्डमा खटिएको टोलीले आज धनगढी उपमहानगरपाकिा-२ स्थित नं. २ घाटबाट ५ लाख ७१ हजार रुपैयाँ बराबको सुर्तीजन्य पदार्थसहित बुलेट मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

सशस्त्र प्रहरीले बरामद गरिएको सुर्तीजन्य पदार्थसहित तस्करीमा प्रयोग गरिएको बुलेट मोटरसाइकललाई सम्बन्धित कार्यालयमा बुझाउने रहेको जनाएको छ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्