नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्रका डीएसपी नरेश खड्काको नेतृत्वमा अवैध उत्खनन् विरुद्धको कारबाही:६ लाख बढी राजस्व

बिपद उद्धारमा पनि सर्हानीय कार्य गरेर फर्किए खड्का

तुलसीपुर । दाङ तुलसीपुरस्थित सशस्त्र प्रहरी बेसको सक्रियतामा खोला तथा नदी जन्य पदार्थको अबैध उत्खनन् बिरुद्धको कारबाही गर्दा ६ महिनाको अवधिमा ६ लाख बढी राजश्व संकलन गरेको छ ।

तुलसीपुर बेसमा डीएसपी नरेशकुमार खड्काले कमान्ड गरेको ६ महिनामा खोला जन्य बस्तुको अवैध उत्खनन्मा संलग्न ट्याक्टर र टिप्पर माथि कारबाही गर्दा ६ लाख ३५ हजार राजश्व संकलन गर्न सफल भएको हो।

६ महिनाको अवधिमा सशस्त्र प्रहरीको तुलसीपुर बेसले १९ ट्याक्टर र २ टिप्पर गरि कुल २१ साधनहरु नियन्त्रणमा लिएको थियो । डीएसपी खड्काका अनुसार गत साउन महिनामा मात्रै अबैध उत्खनन्मा संलग्न ट्याक्टर माथि कारबाही गर्दा १ लाख रुपैंया राजश्व संकलन भएको थियो।  खड्का बिगतमा राजापुर बर्दियामा रहदा ‘बेष्ट अवार्ड’ प्राप्त गरेका थिए।

डीएसपी खड्का नेतृत्वको टोलीले यसक्षेत्रमा भए गरेका बिपद, उद्धार, सवारी दुर्घटना र बन्द हड्तालको अवस्थामा सक्रिय भूमिका निर्वाह गर्न सफल अधिकारी हुन ।

खड्का नेतृत्वको सशस्त्र प्रहरीको टोली तुलसीपुर र पश्चिम दाङका तीन पालिकाको ९ सय ८ बर्ग किलोमिटरको क्षेत्रफल हेर्दै आएको थियो । बिद्यालयका बालबालिकाहरुमा लागुऔषधका असर, बच्ने उपाय, न्यूनिकरण सम्बन्धि चेतनामुलक कार्यहरु पनि संचालन गरेको थियो ।

६ महिना अघि तुलसीपुरमा   सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट काजका रुपमा खटाइएका डीएसपी खड्का आज पुन: दरबन्दी रहेकै कार्यालय फर्किएका छन्  । डीएसपी खड्काको स्थानमा  तुलसीपुर बेसको नयाँ इन्चार्जमा रामप्रसाद भण्डारी सरुवा भएर आएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्