नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्रद्वारा पाल्पाकी छात्रा ओजस्वीलाई लागुऔषध विरुद्धको अभियानमा 'जागरण दुत' घोषणा

लुम्बिनी सशस्त्र प्रहरी बल नेपालले यस वर्षलाई लागुऔषध दुर्ब्यसनी तथा ओसापसारविरुद्धको वर्षको रुपमा मनाएको अवसरमा दमकडा नमुना माध्यमिक विद्यालय पाल्पाको तानसेनस्थित कक्षा ९ मा अध्ययनरत छात्रा ओजस्वी आचार्यलाई संगठनको लागूऔषध विरुद्धको अभियानमा जागरण दुत घोषणा गरेको छ । 

सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीको आठौँ वार्षिकोत्सवको अवसरमा ‘लागूऔषधको दुर्ब्यसनी र त्यसको असर तथा ओसारपसार नियन्त्रणमा विद्याार्थीको भूमिका’ विषयमा प्रदेशस्थित विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो । जसमा लुम्बिनी प्रदेशका ७२ विद्यालयका ३६ छात्र र ८० छात्रा गरी १ सय १६ जना विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए । 

प्रविधिको माध्यमबाट भएको प्रतियोगितामा प्राप्त भिडियोमध्ये प्राध्यापक तथा विज्ञहरुको निर्णायक मण्डलद्वारा ३ सय पुर्णाङ्क राखेर प्रथम, द्वितीय र तृतीय छुट्याईएको थियो । प्रतियोगितामा ओजस्वी आचार्य प्रथम भएकी थिईन । 

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शनिबार  बाहिनीको वार्षिकोत्सको अवसरमा उनलाई नगद पुरस्कारसहित सम्मान गरेका हुन् । उनले सो अवसरमा आचार्यलाई सशस्त्र प्रहरी बल नेपालको लागूपदार्थ दुव्र्यसनी तथा ओसारपसारको विरुद्धको अभियानमा जागरण दुतको रुपमा सम्मान ग्रहरण गर्न अनुरोध गरेका थिए । 

महानिरीक्षक अर्यालले उनीसँगै द्वितीय, तृतीय र सान्त्वना पुरस्कार जित्न सफल क्रमसः नेपाल राष्ट्रिय माध्यमिक विद्यालय धनौरा मधुवन, बर्दियामा कक्षा १० मा अध्ययनरत छात्रा श्रीतिका भट्टराई, नेपाल एपीएफ स्कूल कोहलपुर, बाँकेमा कक्षा ८ मा अध्ययनरत छात्रा परी के।सी। र रिभर क्वीन्स स्कुल बर्दियामा कक्षा ६ मा अध्ययनरत छात्रा सुभेक्षा खड्कालाई समेत नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्