नेभिगेशन
सशस्त्र प्रहरी

नेपालगन्जबाट २३ लाख बढीको अवैध औषधि बिओपी जयसपुरको नियन्त्रणमा

नेपालगन्ज । सशस्त्र प्रहरीले बाँकेको नेपालगन्जबाट २३ लाख रुपैयाँ बढीको अवैद!औषधि बरामद गरेको छ। सशस्त्र प्रहरीको नेपालगन्जको बिओपी जयसपुरको टोलीले नेपालगन्ज-१८ लगदहवाबाट २३ लाख ३ हजार ६४० रुपैयाँ बराबरको जाड रक्सी चुरोट र लागूऔषध छुटाउने औषधि बरामद गरेको हो।

आज दिउँसो बिओपी जयसपुरका इन्चार्ज इन्स्पेक्टर आवेश पुनको कमाण्डमा खटिएको टोलीले गाडीमा लुकाएर लैजाँदै गरिएको बीएन–एएलसीओ ड्रप्स् नामक जाडरक्सी, चुरोट र लागुऔषध छुटाउने  १ हजार ४ सय ५८ पिस अवैध औषधि बरामद गरेको बिओपी जयसपुरले जानकारी दिएको छ।

जयसपुर बिओपी इन्चार्ज पुनका अनुसार बरामद गरिएको सवै अवैध औषधिलाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको छ।

सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले अवैध गतिविधि तथा ओसारपसारलाई नियन्त्रणमा राख्न मोबाइल टोली, गस्ती र सीमा निगरानी प्रविधिको प्रयोग भइरहेको इन्स्पेक्टर पुनले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्