नेभिगेशन
सशस्त्र प्रहरी

भन्सार छलीको ठुलो परिमाणमा कपडा र दुईवटा मोटरसाइकल सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । भारतबाट अवैध रूपमा भन्सार छली गरेर ल्याइएकोे ठुलो परिमाणमा लत्ताकपडा र दुईवटा मोटरसाइकलसहित एक युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार आज बिहान गोलबजार नगरपालिका–६ गुम्बाचोक नजिकै सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाको गस्ती टोलीले उक्त सामानसहित २२ वर्षीय रामकुमार यादवलाई पक्राउ गरेको हो । यादव सुखीपुर नगरपालिका–७ सिसवाका स्थायीवासी हुन् ।

सशस्त्र प्रहरीले उनीसँगै रहेका अर्का मोटरसाइकल चालक भने फरार रहेको जानकारी दिएको छ । सशस्त्र प्रहरीका अनुसार यादवको साथबाट  दुई लाख ८२ हजार ८०० रुपैयाँ बराबरको कपडा र  दुई लाख ५० हजार रुपैयाँ  मूल्य बराबरका दुई थान मोटरसाइकल बरामद गरिएको छ । बरामद सामग्रीको मूल्य  ५ लाख ३२ हजार ८०० रुपैयाँ  बराबर रहेको छ । 

सशस्त्र प्रहरी प्रधान कार्यालयले दिएको जानकारी  अनुसार भारतबाट भन्सार छली गरेर सामान भित्र्याउने कार्यमा रोक लगाउन जिल्लास्थित सशस्त्र प्रहरीले कडा निगरानी थालेको छ । पक्राउ परेका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको पनि सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्