नेभिगेशन
सशस्त्र प्रहरी

साढे ४ क्विन्टल बढी गाँजासहित एक जना सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरीले साढे ४ क्विन्टल बढी  गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार सुनसरीस्थित कोशी गाउँपालिका-७ केराबारीबाट ४ सय ५५ किलो गाँजासहित एक जनालाई आज बिहान पक्राउ गरिएको हो।

प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरको टोलीले उक्त परिमाणको गाँजासहित एक जनालाई नियन्त्रणमा लिएर थप आबश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्