नेभिगेशन
सशस्त्र प्रहरी

लुम्बिनीमा सशस्त्र प्रहरीको अवैध तस्करीविरुद्धको कारबाही: ११ करोड ३० लाख बढीको सामग्री बरामद

सौरभ गिरी/लुम्बिनी    सशस्त्र प्रहरी बल,नेपालले लुम्बिनी प्रदेशभरमा गरेको कारबाहीमा ११ करोड बढीको अवैध तस्करी  गरी ल्याइएको सामग्री बरामद गरेको छ।  सीमा सुरक्षा, सीमा अपराध, अवैध ओसारपसारविरुद्द र शान्ति सुरक्षा लगायतका कार्य गर्दै आएको सशस्त्र प्रहरी बलले पश्चिम नवलपरासीदेखि बर्दियासम्मको लामो सीमा भएको लुम्बिनी प्रदेशभरबाट अवैध तस्करीविरुद्धको कारबाहीमा ३ महिनाको अवधिमा भारतीय सीमासँग जोडिएका ६ जिल्लाका सशस्त्र प्रहरी कार्यालयले ११ करोड ३० लाख १९ हजार ५०८ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल नं.५ विन्ध्यावासिनी बाहिनीले जानकारी दिएको छ।

त्यस अवधिमा विन्ध्यावासिनी बाहिनीले ३ लाख ५९ हजार ६ रुपैयाँ बराबरको अवैध ओसारपसारको सामग्री बरामद गरेको छ। गत साउनदेखि असोज २५ गतेसम्म प्रदेशभरका जिल्लाबाट बरामद गरिएको सबै अवैध सामग्री आबश्यक कारबाहीका लागि सम्बन्धि जिल्लाका भन्सार कार्यालयमा बुझाइएको विन्ध्यावासिनी बाहिनीले जनाएको छ।

लुम्बिनी प्रदेशमा अबैध चोरी निकासी पैठारी नियन्त्रणमा सक्रिय रुपले अगाडी बढेको सशस्त्र प्रहरीले ३ महिनाको अवधिमा बाँकेस्थित सशस्त्र प्रहरी नं.३० गण बागेश्वरी बाँके र मातहतका सशस्त्र प्रहरी कार्यालयले ४ करोड १३ लाख ७३ हजार ४१२ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ। विन्ध्यावासिनी बाहिनीका अनुसार लुम्बिनी प्रदेशको सबैभन्दा पश्चिममा रहेको बर्दियाबाट सशस्त्र प्रहरी बल नं. ३१ गण र मातहतका कार्यालयले ९६ लाख ६२ हजार १६० रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ। 

त्यसैगरी रुपन्देहीबाट सशस्त्र प्रहरीले ३ करोड ४४ लाख २५६ रुपैयाँ बराबरको अवैध तस्करीको सामग्री बरामद गरेको सशस्त्र प्रहरी लुम्बिनी प्रदेशले जानकारी दिएको छ भने कपिलवस्तुस्थित सशस्त्र प्रहरी बल नं. २८ गणले उक्त अवधिमा १ करोड ३२ लाख ७१ हजार ५५४ रुपैयाँ बराबरको सामग्री बरामद गरेको हो। 

त्यस्तै लुम्बिनी प्रदेशको सबैभन्दा पूर्वी जिल्ला पश्चिम् नवलपरासीस्थित सशस्त्र प्रहरी बल नं.२६ गणले  १ करोड ३६ लाख ७ हजार २१  रुपैयाँ बराबरको अवैध सामाग्री सशस्त्र प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी नम्बर ५ विन्ध्यावासिनी बाहिनीले जनाएको छ।

दाङस्थित सशस्त्र प्रहरी बल नं.२९ ज्वालामाई गण ३  लाख ४५ हजार ५५० रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको विन्ध्यावासिनी बाहिनीले जानकारी दिएको छ । 

त्यस अवधिमा सशस्त्र प्रहरीले विभिन्न किसिमका लागुऔषध,प्रतिवन्धित औषधिसहित लागुऔषध कारोबारीलाई पक्राउ गरेर आब्श्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाएको सशस्त्र प्रहरी बल नं.५ विन्ध्यावासिनी बाहिनीले जनाएको छ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्