नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्रद्वारा विद्यार्थीलाई कपडा वितरणसँगै चिनियाँ समकक्षीका साथ संयुक्त सीमा अनुगमन

काठमाडौं । सशस्त्र प्रहरी बलले 'सीमावासीसँग सशस्त्र प्रहरी' कार्यक्रम अन्तर्गत हिमाली भेगका विद्यालयका (विद्यार्थी) छात्रछात्राहरुलाई लत्ताकपडा वितरण गरेको छ।

सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार संखुवासभास्थित सशस्त्र प्रहरी बल नं.४ अरुण गुल्मको आयोजनामा बिओपी किमाथांकामा भोटखोला गाउँपालिका-१ किमाथांकास्थित हिमाल आधारभूत विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई कात्तिक २१ गते लत्ताकपडा वितरण गरिएको हो।

त्यसैगरी संखुवासभाका सीडीओ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरुसहितको  सशस्त्र प्रहरी र चिनियाँ सुरक्षा निकायबीच संयुक्त रूपमा सीमा चिन्हको अनुगमन तथा रेखदेख र सीमा अपराध सम्बन्धी छलफल गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

उक्त अनुगमन कार्यक्रम सशस्त्र प्रहरी बल  चिनियाँ समकक्षी (अध्यागमन प्रहरी र पब्लिक सेक्युरिटी ब्यूरो) को  संयुक्त आयोजनामा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्