नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरीले फेला पार्‍यो खोलामा बेपत्ता भएका व्यक्तिको शव, अर्का व्यक्तिको उद्धार

काठमाडौं । सशस्त्र प्रहरीले नुहाउने क्रममा डुबेर बेपत्ता पुरुषको शव फेला पारेको छ। सुनसरीको रामधुनी नगरपालिका–४ स्थित रामधुनी मन्दिर नजिकै रहेको सुनसरी खोलामा बेपत्ता भएका मोरङ सुन्दरहरैचा नगरपालिका–३ का ४१ वर्षिय देवेन्द्र भट्टराईको शव आज बिहान सशस्त्र प्रहरीले  फेला पारेको हो।

सशस्त्र प्रहरीका अनुसार उनीसँगै नुहाउन गएका इटहरी उपमहानगरपालिका–१३ बस्ने ५४ वर्षिय रोहित काफ्लेलाई  उद्धार गरी उपचारको लागि साई अस्पताल झुम्का पठाईएको छ । उनीहरुसँगै नुहाउन गएका ५८ वर्षिय भिमराज काफ्ले नुहाएर फर्कदा देवेन्द्र भट्टराई र रोहित काफ्ले खोलामा डुवेको जानकारी गराएका   थिए ।
जानकारी पाए लगत्तै मन्दिर सुरक्षार्थ खटिएको सुरक्षाकर्मी र सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरीबाट सशस्त्र प्रहरी निरीक्षक बावुकाजी कटुवालको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षाकर्मीको टोलीले रोहितलाई जिवितै उद्धार गरेको थियो भने देवेन्द्रको शव घटनास्थल भन्दा करीव ५० मिटर तल फेला पारेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्