नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरीमा ३ डीआईजीको दरबन्दी थपियो

काठमाडौँ । सशस्त्र प्रहरी बलको संरचना विस्तार गर्ने सरकारको तयारीअनुसार मन्त्रिपरिषद्ले नयाँ दरबन्दी थप्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालको संगठन संरचना पुनःसमायोजन गर्दै तीन अतिरिक्त डीआईजी पद स्वीकृत गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक उच्च अधिकृतका अनुसार, यो निर्णयसँगै सशस्त्र प्रहरीमा डीआईजीको संख्या १८ बाट बढेर २१ पुगेको छ। पहिल्यैका १८ पदमध्ये २ टेक्निकल डीआईजी पनि रहेका थिए।

थपिएका पदहरूसहित अब कानुन महाशाखा, विपद् व्यवस्थापन महाशाखा र इन्टेलिजेन्स ब्यूरो डीआईजी स्तरको कमाण्डमा रहनेछन्। यस्तै, कानुन महाशाखा र विपद् व्यवस्थापन महाशाखालाई निर्देशनालयमा उकास्ने प्रस्तावलाई पनि मन्त्रिपरिषद्ले अनुमोदन गरेको बताइएको छ।

उता, कीर्तिपुरस्थित निलबाराही गणलाई दंगा नियन्त्रणमा केन्द्रित इकाइका रूपमा विकास गर्ने निर्णय पनि बैठकले गरेको छ। करिब एक हजार फौज रहने उक्त गणको नेतृत्व अब एसएसपीले गर्नेछन् ।

यसैबीच, सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जवान र हवलदारलाई १६ वर्षे सेवा अवधिमा तथा जुनियर अफिसरहरूलाई १८ वर्षे सेवापछि पेन्सन दिनुपर्ने प्रस्ताव गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पेस गरेको थियो।
तर, गृह मन्त्रालयका एक अधिकारीका अनुसार वर्तमान आर्थिक अवस्था र आसन्न चुनावलाई ध्यानमा राख्दै उक्त प्रस्तावमाथि अहिलेसम्म कुनै निष्कर्ष निकालिएको

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्