नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरी जवान पदका लागि स्वास्थ्य जाँच सम्बन्धि यस्तो सूचना

काठमाडौं । सशस्त्र प्रहरी बल,नेपालले सशस्त्र प्रहरी जवानतर्फको स्वास्थ्य जाँच सम्बन्धि सूचना जारी गरेको छ।

सशस्त्र प्रहरीले आज सूचना जारी गर्दै विज्ञापन नं. १(०८२/८३), मिति २०१२/०९ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदको दोश्रो चरणको शारीरिक सहिष्णुता परीक्षामा उत्तीर्ण उम्मेदवारहरुको  विस्तृत स्वास्थ्य जाँच हुने जनाएको हो।

सशस्त्र प्रहरीले भनेको छ-"विस्तृत स्वास्थ्य परीक्षण परीक्षा संचालन हुने हुँदा उक्त परीक्षण गरे वापत लाग्ने शुल्क एक सय रुपैया साथमा लिई सम्बन्धित स्थानमा अनिवार्य रुपमा उपस्थित हुन  उत्तीर्ण भएका उम्मेदवारहरुलाई आग्रह गरेको हो।

यस्तो छ विस्तृत स्वास्थ्य जाँच सम्बन्धि सूचना-

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्