नेभिगेशन
सशस्त्र प्रहरी

डीआईजी थापाले पाए सशस्त्र प्रहरीको केन्द्रिय प्रवक्ताको जिम्मेवारी

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको केन्द्रीय प्रवक्ताका डीआईजी मनिष थापा नियुक्त भएका छन् । 

प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका डीआईजी कालिदास धौवजी अवकाश गएपछि रिक्त रहेको केन्द्रीय प्रवक्ताको जिम्मेवारी आईजीपी राजु आर्यालले डीआईजी थापालाई आज दिएका हुन् ।

धौवजीको अवकाशपछि रिक्त बनेको पदमा एआईजी थापालाई औपचारिक रूपमा प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी तोकिएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रवक्ता थापासँग सम्पर्क गर्नका लागि मोबाइल नम्बर ९८५१२७२००७ र इमेल [email protected] प्रयोग गर्न सकिने सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्