नेभिगेशन
सशस्त्र प्रहरी

भुटाहाबाट ५१ किलो गाँजासहित एकजना तस्कर सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरीले ठुलो परिमाणमा गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ। 

सुनसरीको हरिनगर गाउँपालिका–२ भुटाहाबाट ६१ किलो गाँजासहित सुनसरी सशस्त्र प्रहरीले तस्करलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। 

सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार सशस्त्र प्रहरी बल नं. ४ गण सुनसरीबाट खटिएको टोलीले गए राति सोही स्थानका एक जनालाई ६१ किलोग्राम गाँजासहित नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको हो।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्