नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरीका तीन एआईजीको सरुवा (कसको कहाँ?)

काठमाडौं । सशस्त्र प्रहरी बलका तीन जना  एआईजीहरुको सरुवा भएको छ। मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीका एआईजी नारायणदत्त पौडेललाई सरुवा गर्दै मानवस्रोत विभागको जिम्मेवारी दिएको छ। सशस्त्र प्रहरीका सबैभन्दा सिनियर एआईजी पौडेल यसअघि कार्य विभागमा थिए।

त्यसैगरी सरकारले अर्का एआईजी बंशीराज दाहालको मानवस्रोत विभागबाट सीमा सुरक्षा विभागमा सरुवा गरेको छ। अर्का एआईजी गणेशबहादुर ठाडामगरलाई  सीमा सुरक्षा विभागबाट कार्य विभागको जिम्मेवारी दिइएको छ।

सशस्त्र प्रहरी बल नेपालमा एआईजी तहमा मानवस्रोत, कार्य तथा सीमा सुरक्षा गरी तीन प्रमुख विभाग रहेका छन्। सोही संरचनाअनुसार एआईजीहरूको जिम्मेवारी परिवर्तन हुने गर्दै आएको छ।

एआईजीको सरुवा सामान्यतया एक वर्षमा हुने गरे पनि यसपटक भने एक वर्षको समयभन्दा बढी अन्तरालपछि सरुवा गरिएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्