नेभिगेशन
सशस्त्र प्रहरी

विपद् उद्धारमा उत्कृष्ट योगदान, सशस्त्र प्रहरीको दक्षिणकाली गणलाई ‘महानगर गौरव पुरस्कार’

काठमाडौं । ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं. २१ दक्षिणकाली गणलाई ‘ललितपुर महानगर गौरव पुरस्कार’ प्रदान गरिएको छ।

आज पुल्चोकस्थित ललितपुर महानगरपालिकाको प्राङ्गणमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले गणलाई उक्त पुरस्कार प्रदान गरेकी हुन् । विपद् व्यवस्थापन तथा उद्धार कार्यमा गणले पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप महानगरपालिकाले नगद १ लाख रुपैयाँसहित गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेश लामिछानेलाई सम्मानपत्र प्रदान गरिएको हो।

कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत स्थानीय जनप्रतिनिधि तथा भद्रभलाद्मीहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्