नेभिगेशन
सशस्त्र प्रहरी

भारत लैजाँदै गरिएको डेढ क्विन्टल बढी गाँजा सशस्त्र प्रहरीको नियन्त्रणमा

मोरङ । नेपालबाट भारततर्फ तस्करी गरेर लैजाँदै गरिएको डेढ क्विन्टल बढी गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ।

सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार सशस्त्र प्रहरी बल बीओपी सिक्टीले मोरङको सुनबर्सी नगरपालिका–८ स्थित लक्ष्मीथान क्षेत्रबाट करिब १५५ केजी गाँजा बरामद गरेको हो।

सशस्त्र प्रहरीका  अनुसार  माघ २ गते राति करिब पौने १२  बजेको समयमा सशस्त्र प्रहरी निरीक्षक विनोद थापाको कमाण्डआ खटिएको गस्ती टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरिएको ५ बोरा गाँजा नियन्त्रणमा लिएको हो। उक्त गाँजा ५ जना व्यक्तिले टाउकोमा बोकी लैजाँदै गरेको अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजालाई सशस्त्र प्रहरीले आबश्यक कारबाही तथा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेलीलाई बुझाएको जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्