नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरीका दुई एसएसपीको सरुवा, वैद्यनाथ बाहिनीको निमित्त प्रमुखमा एसएसपी सुवेदी

काठमाडौं । सशस्त्र प्रहरी बलका दुई एसएसपीको सरुवा भएको छ। निर्वाचन आचारसंहिता लागू हुनुअघि नै सशस्त्र प्रहरीका दुई एसपीकोको सरुवा गर्दै एक जनालाई निमित्त बाहिनीपतिको जिम्मेवारी दिइएको हो।

सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार सशस्त्र प्रहरी प्रधान कार्यालय मानवश्रोत विभागका एसएसपी दिग विजय सुवेदीलाई  सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीको निमित्त प्रमुखका रूपमा सरुवा गरिएको हो। त्यहाँका डीआईजी प्रदिप कुमार पालको सरुवा भएपछि रिक्त स्थानमा एसएसपी सुवेदीको सरुवा गरिएको हो।

त्यसैगरि सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालयमा रहेका एसएसपी बिरेन्द्र बहादुर ऐरलाई लुम्बिनी प्रदेशस्थित सशस्त्र प्रहरी बल  नम्बर ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देही सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्