नेभिगेशन
सशस्त्र प्रहरी

नेपाल-भारत सीमामा एसपी केसीको कमाण्डमा बारा सशस्त्र प्रहरीको झण्डा मार्च पास

बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा बाराले नेपाल–भारत सीमामा झण्डा मार्च पास सुरु गरेको छ।

सशस्त्र प्रहरी बल स्रोतका अनुसार  माघ ५ गते दिउँसो २ बजेर १० मिनेटको समयमा जिल्ला बारा सिम्रौनगढ नगरपालिका–९ बसवरिया तथा भारततर्फ पूर्वी चम्पारण जिल्ला पिठुवा ग्राम पञ्चायतस्थित सहायक सीमा स्तम्भ नम्बर ३५६/३ बाट झण्डा बुझेर मार्च पास सुरु गरिएको हो।

सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसीको कमाण्डमा ३५ जनाको टोलीले सीमा क्षेत्रमा झण्डा बुझी मार्च पास गरेको जनाएको छ। उक्त अवसरमा भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) ७१औँ बटालियन एफ कम्पनी जमुनियाबाट एसी टेरिङ सोसगोयलको कमाण्डमा ५ जना एसएसबी जवानको उपस्थिति रहेको थियो।

त्यसैगरी कार्यक्रममा सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी प्रसाद कलवार, नगरपालिका वडा नम्बर ६ र ७ का वडा अध्यक्षहरू तथा स्थानीय जनप्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

सीमा क्षेत्रमा शान्ति, सुरक्षा तथा आपसी समन्वय मजबुत बनाउन झण्डा मार्च पास गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्