नेभिगेशन
सशस्त्र प्रहरी

राप्तीसोनारीको ढलैयाबाट ठुलो परिमाणमा अवैध तस्करीको कुर्ता सशस्त्र प्रहरीको नियन्त्रणमा

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरस्थित ढलैयाबाट सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा तस्करी गरी ल्याइएका ठुलो परिमाणमा कपडाहरू बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल कुन्दा पोष्टबाट खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक चित्रबहादुर पुनको कमाण्डमा रहेको टोलीले करिब ६८ हजार रुपैयाँ बराबरको कुर्ता–सुरुवाल तथा थानको काँचो कपडा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

भारतबाट तस्करी गरी डसना भित्र प्याक गरेर ल्याइएका ती कपडाहरूलाई सशस्त्र प्रहरीले विशेष सूचनाका आधारमा नियन्त्रणमा लिन सफल भएको हो।
बरामद गरिएको अवैध कपडालाई आवश्यक कारबाहीका लागि आजै नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सशस्त्र प्रहरी नायब निरीक्षक पुनको कमाण्डमा रहेको टोलीले यसअघि पनि लाखौँ रुपैयाँ बराबरका अवैध तस्करीका सामानहरू बरामद गर्दै आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्