नेभिगेशन
सशस्त्र प्रहरी

बिन्ध्यबासिनी बाहिनी सशस्त्र प्रहरीकै सर्वोत्कृष्ट बाहिनी, कुँवरलाई बाहिनीपति अवार्ड

काठमाडौँ । सशस्त्र प्रहरी बलको लुम्बिनी प्रदेशमा रहेको सशस्त्र प्रहरी बल नम्बर–५ बिन्ध्यबासिनी बाहिनी यस वर्षको उत्कृष्ट बाहिनीका रूपमा पर्न भएको छ।

सशस्त्र प्रहरी बलको २५औँ स्थापना दिवस तथा रजत महोत्सवका अवसरमा  आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले बाहिनीपति डीआईजी दिपेन्द्र कुँवरलाई उत्कृष्ट बाहिनीपति अवार्ड प्रदान गरेका हुन्।

सशस्त्र प्रहरी बलका अनुसार आर्थिक वर्ष २०८२ मा प्रशासनिक कार्यसम्पादनमा उल्लेखनीय प्रगति गरेपछि नम्बर–५ बाहिनी उत्कृष्ट घोषित भएको हो।

विपद् व्यवस्थापन, चोरी पैठारी नियन्त्रण तथा अवैध हातहतियार नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गरेको मूल्याङ्कनका आधारमा केन्द्रीय निरीक्षण टोलीले उक्त बाहिनीलाई सर्वोत्कृष्ट ठहर गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्