नेभिगेशन
सशस्त्र प्रहरी

पेस्तोलसहित तीन जना सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरीले पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीले अवैध हतियार बोकेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका–९ घर भई हाल ललितपुर बस्ने २२ वर्षीय सुमन तामाङ, रौतहट घर भएका २२ वर्षीय सुशील स्याङतान र सुनसरीको धरान उपमहानगरपालिका घर भएका १८ वर्षीय विप्लव राई रहेका छन्।

सशस्त्रको इन्टेलिजेन्स ब्यूरोबाट खटिएको टोलीले उनीहरूलाई ललितपुरबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूको साथबाट एकथान पेस्तोल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धानका लागि आरोपीहरू तथा बरामद हतियार नेपाल प्रहरीलाई जिम्मा लगाइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्