नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी डीआईजी विष्णु भट्टलाई

काठमाडौं । डीआईजी विष्णु प्रसाद भट्टलाई सशस्त्र प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिइएको छ।

सशस्त्र प्रहरी प्रमुख (आईजीपी) राजु अर्यालले उनलाई उक्त जिम्मेवारी प्रदान गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

केन्द्रीय प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका डीआईजी मनिष थापा सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनी, कोशी प्रदेशमा सरुवा भएपछि उक्त पद रिक्त रहँदै आएको थियो।

सूचना तथा सञ्चारसम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउन आज आईजीपी अर्यालले प्रधान कार्यालयमै रहेका डीआईजी भट्टलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिइएको प्रधान कार्यालयले स्पष्ट पारेको छ।

भट्टलाई ९८५१२७२००७ नम्बर र [email protected] मा सम्पर्क गर्न सकिने सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्