नेभिगेशन
सशस्त्र प्रहरी

अटोमेटिक पेस्तोल र १०० ग्राम ब्राउन सुगरसहित भारतीय युवक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरीले अटोमेटिक पेस्तोल र १०० ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। 

प्रहरीले दिएको जानकारी अनुसार कोशी गाउँपालिका–३ जमुवाबाट जाली नोट, स्वचालित  एक थान पेस्तोल र १०० ग्राम ब्राउनसुगरसहित   भारतको बेला ग्राम पंचायत–४ बस्ने ३६ वर्षीय राम खेलन पासवानलाई पक्राउ गरेको हो ।

निर्वाचन सुरक्षालाई ध्यानमा राखी सीमाक्षेत्रमा खटिएको सशस्त्र प्रहरीको बिओपी श्रीपुरको   टोलीले उनलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

सशस्त्र प्रहरीका अनुसार शुक्रबार राति  भारतीय सीमाबाट जमुवातर्फ आउँदै गरेको बीआर ५० एजे ४२२९ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनी शंकास्पद अवस्थामा फेला परेपछि पक्राउ गरिएको हो।

उनको साथबाट केही भारतीय तथा नेपाली नगद, एक थान स्वचालित पेस्तोल, त्यसमा प्रयोग हुने गोली र १०० ग्राम ब्राउनसुगर बरामद गरिएको हो। साथै, नाम नखुलेको लागुऔषधका ६ क्याप्सुल र निट्राजिपामका ५ ट्याब्लेटसमेत फेला परेको सशस्त्र  प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्