नेभिगेशन
सशस्त्र प्रहरी

गृहमन्त्री र सशस्त्र प्रहरी प्रमुखबीच भेट: विपद् तयारी र सीमा सुरक्षा कडाइमा जोड

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरी प्रमुख आईजीपी राजु अर्यालबिच भेटवार्ता भएको छ । 

भेटघाटका क्रममा  विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी सम्बन्धी विषयमा विस्तृत छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । सो क्रममा सम्भावित विपद् जोखिम न्युनिकरण गर्न आवश्यक रणनीति, स्रोत व्यवस्थापन तथा समन्वयलाई प्राथमिकतामा राखेर अघि बढ्ने विषयमा जोड दिइएको थियो । 

साथै, सीमाक्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सीमा गस्ती (बोर्डर पेट्रोलिङ) कडा बनाउने निर्णय गरिएको छ ।

तस्करी नियन्त्रणका लागि गृहमन्त्रीले सम्बन्धित निकायलाई  निर्देशन दिइएको जानकारीसमेत गराइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्