नेभिगेशन
सशस्त्र प्रहरी

ड्युटीमा रहेका सशस्त्र प्रहरीमाथि हातपात गर्ने गाउँपालिका उपाध्यक्ष पक्राउ

कपिलवस्तु । ड्युटीमा रहेका सशस्त्र प्रहरी बल,नेपालका वरिष्ठ हवल्दारलाई हातपात गरेको आरोपमा प्रहरीले गाउँपालिकाका उपाध्यक्षलाई पक्राउ गरेको छ।

कपिलवस्तुस्थित शुद्धोदन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरीले सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार भीमबहादुर चौधरीमाथि हातपात गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका  अनुसार घटनापछि उपाध्यक्ष चौधरीलाई पक्राउ गरिएको र यसबारे थप अनुसन्धान भइरहेको छ।

स्थानीयका अनुसार उपाध्यक्षका भाइले प्रयोग गर्ने जेसीबीका सामान ल्याउने क्रममा शुद्धोदन गाउँपालिका–५ मा रहेको सशस्त्र प्रहरीको चेकपोस्टमा सशस्त्र प्रहरीले रोकेको थियो। यही विषयमा विवाद बढ्दै जाँदा उपाध्यक्ष चौधरीले बर्दीमै रहेका सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारमाथि हातपात गरेका थिए।

उक्त क्षेत्र सशस्त्र प्रहरीको नियमित चेकजाँच हुने स्थानका रूपमा परिचित रहेको बताइएको छ। पक्राउ परेका उपाध्यक्ष चौधरीविरुद्ध थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्