सुनसरी । सशस्त्र प्रहरी सुनसरीबाट लागु औषधसहित दुई युवकलाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरीले सुनसरीस्थित भोक्राहा नरसिंह गाउँपालिका-६ ढलानरोडबाट सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुई युवकलाई चेकजाँच गर्दा शुक्रबार लागुऔषधसहित धरान उपमहानगरपालिका-१३ का दुई युवकलाई पक्राउ गरेको जनाएको छ।
सशस्त्र प्रहरीको धरानस्थित फरवार्ड बेस इस्राइलकामदले चेकजाँच गर्दा उनीहरुको साथबाट २२.४ ग्राम ब्राउनसुगर, स्पास्मो प्रोक्सीभन १६ थान ट्याब्लेट तथा ८ नाईट्रोभेट ट्याब्लेट बरामद गरेको हो।
सशस्त्र प्रहरीले बरामद गरेको लागुऔषधसहित पक्राउ परेका दुई युवकलाई आबश्यक कारबाहीका इलाका प्रहरी कार्यालय लौकहीमा बुझाएको जनाएको छ।