नेभिगेशन
सशस्त्र प्रहरी

अवैध पेय पदर्थसहितको भारतीय मोटरसाइकल कुण्डा सशस्त्र प्रहरीको नियन्त्रणमा

राप्तीसोनारी। सशस्त्र प्रहरीले बाँकेको राप्तीसोनारी गाउँपालिकाको मेहमानपुरबाट अवैध तस्करीको पेय पदार्थसहितको मोटरसाइकल बरामद गरेको छ।

आज एकाबिहानै अवैध रुपले ल्याउँदै गरिएको भारतीय कम्पनीका पेय पदार्थसहित एउटा भारतीय नम्बर प्लेटको मोटरसाइकललाई राप्तीसोनारी-६ स्थित मेहमानपुरबाट सशस्त्र प्रहरीको कुण्डा पोष्टबाट सशस्त्र प्रहरी नायब निरीक्षक चित्रबहादुर पुनको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो।

तीब्र गतिमा आउँदै गरेको उक्त युपी ०४ के ६८५५ नम्बरको  मोटरसाइकल चालकले सशस्त्र प्रहरीलाई देख्नासाथ मोटरसाइकल र पेय पदार्थ छोडेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीका अनुसार बरामद गरिएको पेय पदार्थ र मोटरसाइकलसहितको अन्दाजी मूल्य ६२ हजार रुपैयाँ रहेको छ।

बरामद गरिएको सामानसहितको मोटरसाइकललाई सम्बन्धित कार्यालयमा बुझाउने तयारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्