नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरी बल नं.३१ गणको १९औं स्थापना दिवस बर्दियामा भव्य रूपमा सम्पन्न

बर्दिया ।सशस्त्र प्रहरी बल, नेपाल नं.३१ गण मु?बर्दियाको १९ औं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ।

समारोहमा गण तथा मातहत कार्यालयमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरूमध्ये उत्कृष्ट कार्य गर्ने तथा विभिन्न खेलकुद विधामा प्रथम स्थान हासिल गर्ने कर्मचारीहरूलाई मेडल, प्रमाणपत्र तथा प्रशंसापत्र प्रदान गरिएको थियो। साथै सशस्त्र प्रहरी बललाई अनुकरणीय सहयोग पुर्‍याउने व्यक्तिहरूलाई कदरपत्रद्वारा सम्मान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमकै अवसरमा अमर सशस्त्र प्रहरी कर्मचारीका परिवारजनलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो। विविध सम्मान तथा औपचारिक कार्यक्रमसँगै स्थापना दिवस समारोह भव्य र सभ्य रूपमा सम्पन्न भएको जनाइएको छ।

उक्त कार्यक्रममा गुलरिया नगरपालिकाका नगर प्रमुख मक्तिनाथ यादव, बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, बबई सिंचाइ आयोजनाका निर्देशक गोपाल शर्मा, जिल्ला सुरक्षा समितिका पदाधिकारी, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, स्थानीय बुद्धिजीवी, अमर सशस्त्र प्रहरी कर्मचारीका परिवारजन, अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बिहीबार सम्पन्न स्थापना दिवस कार्यक्रम सशस्त्र प्रहरी बल नं. ५ विन्ध्यबासिनी बाहिनीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विरेन्द्र ऐरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्