नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरीका १३ डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

काठमाडौँ । सशस्त्र प्रहरी बल,नेपालका १३  जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । आज  बसेको बढुवा समितिको बैठकले उक्त निर्णय गर्दै सिफारिस सूची सार्वजनिक गरेको हो ।

बढुवाका लागि सिफारिस हुने अधिकृतहरूमा डीएसपीहरु हरिबहादुर गुरुङ, दीपकराज बराल, गणेशबहादुर शाह, लभकुमार सापकोटा, सचिन कर्माचार्य, दीपकबहादुर कुँवर, किरणकुमार कठायत, दीपकबहादुर विष्ट, भुवनसिंह ठकुरी, रामचन्द्र थापा, जगतसिंह डागा, नवीन सिंह राई तथा पङ्कज पौडेल रहेका छन् ।

बढुवा समितिका सदस्य सचिव डीआईजी दीपक अधिकारीद्वारा जारी सूचनाअनुसार माथिल्लो तहमा पदपूर्ति भएपछि खाली हुने दरबन्दीमा उनीहरूलाई पदोन्नति गर्न सिफारिस गरिएको उल्लेख छ ।

यस्तै, सिफारिसप्रति असन्तुष्टि भए प्रतिस्पर्धीहरूले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र उजुरी सुन्ने समितिमा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्