नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरीका १४ डीआईजीको सरुवा तथा पदस्थापन, अधिकारीलाई लुम्बिनी प्रदेश

काठमाडौँ । सशस्त्र प्रहरी बलका ७ डीआईजीको सरुवा र बढुवा भएका ७ डीआईजीहरुको पदस्थापन भएको छ। 

सशस्त्र प्रधान कार्यालयका अनुसार डीआईजी दिपक अधिकारीको  सशस्त्र प्रहरी बल नं.५ बिन्ध्याबासिनी बाहिनी, दीपेन्द्र शाहलाई ईन्टेलिजेन्स ब्यूरो, कृष्ण ढकाललाई प्रधान कार्यालय स्थित कार्य विभाग,पशुपतिनाथ बाहिनीका डिआइजी सुरेश कुमार श्रेष्ठलाई सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ । 

दिपेन्द्र कुँवरलाई मानवश्रोत विभाग, विष्णु प्रसाद भट्टलाई नम्बर–२ छिन्नमस्ता बाहिनी र कृष्णराज पाठकलाई नम्बर–६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा सरुवा गरिएको छ। 

वैशाख २५ मा बढुवा भएका ७ जना डीआईजीहरुलाई पनि पदस्थापन गरिएको छ। दिगबिजय सुवेदीलाई  नम्बर–७ बैद्यनाथ बाहिनी मुख्यालय,  किरण बस्नेतलाई नम्बर–३ गढीमाई बाहिनी मुख्यालय, माधव प्रसाद पौडेललाई नम्बर–९ पशुपतिनाथ बाहिनी मुख्यालय र प्रविण कँडेललाई नम्बर–४ मुक्तिनाथ बाहिनी मुख्यालयमा पदस्थापन गरिएको छ । 

त्यसैगरी राजेश उप्रेतीलाई एपिएफ कमाण्ड तथा स्टाफ कलेज र  नेत्र बहादुर कार्कीलाई आईजी सचिवालयमा पदस्थापन गरिएको छ । प्रधानमन्त्री एवम् गृहमन्त्री बालेन्द्र शाहले सशस्त्र प्रहरीका ७ जना डिआइजीहरूको सरुवा र बढुवा भएका ७ जनाको पदस्थापन गरेका हुन्  । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्