नेभिगेशन
नेपाल प्रहरी

नवलपरासीमा प्रहरीको स्टिङ: साढे ५ लाख बढीको अवैध सामानसहित दुईवटा मोटरसाइकल नियन्त्रणमा

पश्चिम नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी र मातहतको टोलीले जिल्लाका विभिन्न ९ स्थानमा स्टिङ अपरेसनमा भन्सार छली ल्याइएका लाखौं रुपैयाँ बढीका अवैध सामानहरू बरामद गरेको छ ।

बरामद गरिएका किराना, कपडा, कस्मेटिक, टायल, फर्सीको बिउ, मख्खन, पेय पदार्थ र दुईवटा मोटरसाइकल सहितका सामानहरूको कुल अनुमानित मूल्य ५ लाख ७७ हजार ५८० रुपैयाँ  रहेको ​प्रहरी नायव उपरीक्षक मदन थापाले बताए।

नायव उपरीक्षक थापाका अनुसार रामग्राम, सुनवल, प्रतापपुर, पाल्हिनन्दन र सरावल क्षेत्रबाट बरामद गरिएका यी अवैध सामानहरूमा लु ३ प ५२२५ र भारतीय नम्बर UP 53Ay 5460 का मोटरसाइकल समेत रहेका छन् ।

जसमा सबैभन्दा बढी मूल्यको रु. २ लाख ७ हजार बराबरको कस्मेटिक सामान सुनवलबाट समातिएको हो । जफत गरिएका सम्पूर्ण सामानहरूलाई आवश्यक कारबाहीका लागि तुरुन्तै महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्