नेभिगेशन
सशस्त्र प्रहरी

अवैध रुपले ल्याइएको ठुलो परिमाणमा भारतीय काँचो केरा सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले अवैध रुपले भारतबाट तस्करी गरेर ल्याउएको ठुलो परिमाणमा काँचो केरा नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार  बाराको निजगढस्थित पूर्व–पश्चिम राजमार्ग क्षेत्रबाट करिब ४० हजार रुपैयाँ बराबरको भारतीय काँचो केरा बरामद गरिएको हो।

सशस्त्र प्रहरीको टोलीले नियमित गस्ती तथा चेकजाँचका क्रममा भन्सार छली गरी ल्याइएको आशंकामा उक्त काँचो केरा फेला पारेको हो। बरामद गरिएको केरा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

भन्सार छली तथा अवैध रूपमा आयात गरिएका कृषि उपज नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले सीमा तथा राजमार्ग क्षेत्रमा निगरानीलाई थप कडा बनाएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्