नेभिगेशन
नेपाल प्रहरी

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी परसुराम ६ वर्षपछि पक्राउ,पठाइयो कारागार

पश्चिम नवलपरासी । मानव बेचबिखन मुद्दामा अदालतबाट दोषी ठहर भई ६ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

​जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार मानव बेचबिखन मुद्दामा २० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी सुस्ता गाउँपालिका वडा नं २ बस्ने ५५ वर्षीय परसुराम गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।

​नवलपरासी जिल्ला अदालतले ०७५ साल असार ३१ गते गुप्तालाई २० (बीस) वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । अदालतको फैसलापछि फरार रहँदै आएका गुप्तालाई खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले असार २३ गते उनकै घरमा फेला पारी पक्राउ गरेको हो ।

​जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मदन थापाका अनुसार पक्राउ परेका गुप्तालाई फैसला कार्यान्वयनका लागि बिहिवार नवलपरासी जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अदालतको आदेशबमोजिम उनलाई तोकिएको कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्