नेभिगेशन
सशस्त्र प्रहरी

कटुवा पेस्तोल, दुई राउन्ड गोली र गाँजासहित सुभाषचन्द्र सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरीले एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली र गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१४, जतुवामा बस्दै आएका ३१ वर्षीय सुभासचन्द्र यादव रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सशस्त्र प्रहरीका अनुसार आइतबार बिहान सीमा सुरक्षा गुल्म हेडक्वाटर रानीबाट खटिएको सशस्त्र प्रहरी टोलीले यादव बस्दै आएको कोठामा खानतलासी गर्दा एक थान कटुवा पेस्तोल, त्यसमा प्रयोग हुने दुई राउन्ड गोली, १४० ग्राम गाँजा, दुई थान मोबाइल फोन तथा एक भाला बरामद गरेको हो।

पक्राउ परेका यादवलाई बरामद सामग्रीसहित थप कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्