नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्रका एआईजी पोखरेलले दिए सीमा सुरक्षामा कडाइ गर्न निर्देशन, एसएसबीसँग पनि छलफल

रुपन्देही । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा विभाग प्रमुख एआईजी अञ्जनी कुमार पोखरेलले सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण, रुपन्देहीको निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा एआईजी पोखरेलले सशस्त्र प्रहरी कर्मचारीहरूलाई सीमा अपराध तथा चोरी–तस्करी नियन्त्रण, सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने कार्य र विपद् व्यवस्थापनमा प्रभावकारी रूपमा परिचालन हुन आवश्यक निर्देशन दिएका हुन् ।

एआईजी पोखरेलसँगै निरीक्षणमा सशस्त्र प्रहरी बल नेपाल नं.५  विन्ध्यावासिनी बाहिनी, कपिलवस्तुका बाहिनीपति डीआईजी दीपक अधिकारीको समेत उपस्थिति रहेको थियो।

निरीक्षणपछि एआईजी पोखरेलसहितको टोलीले भारतीय सीमा सुरक्षा बल (एसएसबी) का अधिकृतहरूसँग सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण तथा द्विपक्षीय समन्वयका विषयमा छलफल गरेको थियो।

सशस्त्र प्रहरी बल विन्ध्यावासिनी बाहिनीका अनुसार नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने, सूचना आदानप्रदान र समन्वयलाई सुदृढ गर्ने विषयमा छलफल केन्द्रित रहेको थियो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्