नेभिगेशन
सशस्त्र प्रहरी

विपद् खोज तथा उद्धारमा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता

काठमाडौं । विपद् खोज तथा जोखिम उद्धार कार्यमा खटिने सशस्त्र प्रहरी बलका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराइने भएको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै विपद् व्यवस्थापन तथा जोखिम उद्धार अभियानमा खटिने सशस्त्र प्रहरी कर्मचारीलाई तलबको १५ प्रतिशत प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय गरेको हो।

विपद्का समयमा जोखिमपूर्ण अवस्थामा खोज तथा उद्धार कार्यमा खटिने एपीएफका कर्मचारीको मनोबल वृद्धि गर्ने उद्देश्यले उक्त निर्णय गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। साथै उद्धारमा खटिएको दिनको समेत ५ सय रुपैयाँका दरले उच्च जोखिम भत्ता दिने निर्माण गरिएको उनले बताए।

सरकारको यो निर्णयसँगै बाढी, पहिरो, डुबान, भूकम्पलगायत प्राकृतिक विपद्का बेला अग्रपङ्क्तिमा खटिने सशस्त्र प्रहरी बलका कर्मचारीले अब प्रोत्साहन भत्ता र  उच्च जोखिम भत्ता पाउने भएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्