नेभिगेशन
सशस्त्र प्रहरी

आँप बगैंचामा लुकाएर राखिएको १ क्विन्टल ४० किलो गाँजा, अनि भयो बरामद

काठमाडौं । अवैध तस्करी गरेर भारत लैजना भनी आँप बगैंचामा लुकाएर राखिएको १ क्विन्टल ४० किलो गाँजा बरामद भएको छ।

सशस्त्र प्रहरीका अनुसार शनिबार राति पर्साको  छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट सशस्त्र प्रहरी  र नेपाल प्रहरीको संयुक्त टोलीले १ क्विन्टल ४० किलो गाँजा  बरामद गरेको हो ।

विशेष सूचना पाएर गएको सशस्त्रको मिर्जापुरमा रहेको बीओपी र इलाका प्रहरी कार्यालय पोखरियाको संयुक्त टोलीले उक्त परिमाणमा गाँजा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

बगैंचामा पुगेको सुरक्षाफौजको संयुक्त टोलीले खोजी गर्दा १३ वटा पोकामा गाँजा बरामद परेको थियो । सशस्त्र प्रहरीका अनुसार गाँजा लुकाउने समूह फेला परेका छैनन् । उनीहरुको खोजीकार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्