नेभिगेशन
सशस्त्र प्रहरी

स्रोत नखुलेको लाखौं रुपैयाँसहित दुई जना सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं  । स्रोत नखुलेको १३ लाख रुपैयाँसहित  दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बलका अनुसार साउन १९ गते सर्लाहीको पर्सा गाउँपालिका–६ स्थित सीमा क्षेत्रबाट २३ वर्षीय असपाक साह र महोत्तरीको श्रीपुर नगरपालिका–४ निवासी ४६ वर्षीय साजन मुखियालाई १३ लाख रुपैयाँसहित  नियन्त्रणमा लिइएको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट सग्रामपुरले शंकाका आधारमा जाँच गर्दा उनीहरूको साथबाट १३ लाख रुपैयाँ बरामद भएको थियो। उक्त रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि सशस्त्र  प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

बरामद रकममा एक हजार दरका एक हजार तीन सय थान नेपाली नोट रहेका छन्। नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद नगदसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि भन्सार कार्यालय, सर्लाहीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्