नेभिगेशन
सशस्त्र प्रहरी

बढुवा भएका सशस्त्र प्रहरी अधिकृतलाई आईजीपी पौडेलद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले बढुवा भएका सशस्त्र प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी निरीक्षक लगायत अवकाशपूर्व विशेष बढुवा भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान प्रदान गरेका छन।

सशस्त्र प्रहरी प्रधान कार्यालयमा आज  आयोजित कार्यक्रममा महानिरीक्षक पौडेलले बढुवा भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सोही अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने सशस्त्र प्रहरी राष्ट्रसेवकहरूलाई २५औँ सशस्त्र प्रहरी दिवस–२०८२ (रजत महोत्सव) को अवसरमा प्रदान गरिएको सशस्त्र प्रहरी महानिरीक्षकको प्रशंसापत्र (आईजी एपीएफ कमेन्डेसन) समेत प्रदान गरी सम्मानित गरिएको छ।

उत्कृष्ट कार्यसम्पादन र जिम्मेवारीप्रति समर्पणका लागि प्रशंसापत्र प्राप्त गर्ने राष्ट्रसेवकहरूलाई महानिरीक्षक पौडेलले बधाई तथा शुभकामनासमेत दिएका छन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्