नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरीको 'बिआइटी' ले सीमा नाकामा प्रयोगमा ल्यायो 'गोप्रो' क्यामेरा   

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको बोर्डर इन्टर्‍याक्सन टिम (बिआइटी) ले सीमा नाकामा गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।  

झापा जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाले सीमा क्षेत्र काँकडभिट्टामा परिचालित सशस्त्र प्रहरीको ‘बिआइटी' का लागि दुई वटा ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको हो ।

यस प्रविधिले सूचना सङ्कलन तथा निगरानी कार्यमा सहयोग, कुनै पनि घटना भएमा प्रमाण सङ्कलन, तस्करी नियन्त्रण, सीमा सुरक्षा तथा व्यवस्थापन कार्यमा थप सहजता हुने विश्वास लिइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सशस्त्र प्रहरीले देशका मुख्य सीमा नाकाहरूमा निगरानीका लागि सिसी क्यामराहरू प्रयोग गर्दै आइरहेको छ भने अन्य सीमा नाकाहरूमा समेत गोप्रो क्यामेरा लगायतका आधुनिक डिजिटल उपकरणहरूको प्रयोग गरी परिचालन गरिने जनाएको छ।

के हो गोप्रो क्यामेरा?

गोप्रो क्यामेरा सानो आकारको एक्सन क्यामेरा हो, जसलाई सुरक्षाकर्मीले गस्ती तथा निगरानीका क्रममा शरीर वा हेल्मेटमा जडान गरी भिडियो रेकर्ड गर्न प्रयोग गर्छन्। सीमा सुरक्षामा यसले निगरानी, शंकास्पद गतिविधिको अभिलेख र घटनाको प्रमाण सङ्कलनमा सहयोग पुर्‍याउँछ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्