नेभिगेशन
सशस्त्र प्रहरी

तस्करी गरी ल्याइएको साढे ४७ लाख बढीको अवैध सामान सशस्त्र प्रप्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरीले देशभरका विभिन्न सीमा नाकाबाट भन्सार छली गरी ल्याइएका ४७ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरीका अनुसार आज लुम्बिनी प्रदेश लगायत विभिन्न सीमा क्षेत्रमा गरिएको चेकजाँचका क्रममा ४७ लाख ६५ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको हो।

बरामद सामानमा लत्ताकपडा, कस्मेटिक तथा किराना सामानलगायत विभिन्न सामग्री रहेका छन्। सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी टोलीले शंकास्पद रूपमा ओसारपसार भइरहेका सामान नियन्त्रणमा लिएको जनाएको छ।

बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्