नेभिगेशन
सशस्त्र प्रहरी

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरी जवान साजनलाई आईजीपी पौडेलले दिए अन्तिम श्रद्धाञ्जली

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरी जवान साजन कुँवरलाई सशस्त्र प्रहरी महानिरीक्षक(आईजीपी) नारायण दत्त पौडेलले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।

नुवाकोटको लिखु गाउँपालिका–१, बरफेदी पुगेर आईजीपी पौडेलले स्वर्गीय कुँवरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन्।

सो क्रममा उनले स्वर्गीय कुँवरका परिवारजनसँग भेटघाट गरी समवेदना तथा सहानुभूति व्यक्त गरेका छन्। साथै, बाढीमा परी बेपत्ता भएका सशस्त्र प्रहरी सहायक हवल्दार आशिष पौडेलका परिवारजनसँग पनि भेट गरी घटनाबारे जानकारी लिँदै समवेदना व्यक्त गरेका छन्।

आईजी पौडेलले आशिष पौडेलसहित बाढीमा परी बेपत्ता रहेका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीको खोज तथा उद्धार कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले राष्ट्रसेवकको खोज तथा उद्धारमा सशस्त्र प्रहरी बल नेपाल निरन्तर परिचालित रहने बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्