नेभिगेशन
नेपाल प्रहरी

'प्रहरीसँग एक दिन': नरैनापुरका विद्यार्थीलाई प्रहरी कार्यालयको अवलोकनसँगै सुरक्षा सचेतना

नरैनापुर(बाँके)।बाँकेको नरैनापुर गाउँपालिका–५ मोतिपुरस्थित नमूना प्राथमिक विद्यालयका कक्षा ७ र ८ का विद्यार्थीलाई ‘प्रहरीसँग एक दिन’ कार्यक्रम गरिएको छ। आज  इलाका प्रहरी कार्यालय भगवानपुरमा आमन्त्रण गरी प्रहरीको सेवा, सुरक्षा तथा जनमुखी कार्यसम्बन्धी जानकारी दिइएको हो।

आज कार्यक्रमका क्रममा विद्यार्थीलाई प्रहरी कार्यालयका विभिन्न शाखा तथा कार्यसम्पादनबारे जानकारी गराउँदै कार्यालयको अवलोकन भ्रमणसमेत गराइएको थियो। विद्यार्थीहरूले प्रहरीको काम, सुरक्षा व्यवस्था तथा सेवासँग सम्बन्धित विभिन्न जिज्ञासा राखेका थिए।

विद्यार्थीका प्रश्न तथा जिज्ञासाको सम्बोधन गर्दै प्रहरी कर्मचारीले बालबालिकासँग मैत्रीपूर्ण अन्तरक्रिया गरेका थिए।

बालबालिका र प्रहरीबीच विश्वास, मित्रता तथा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले प्रहरीप्रति सकारात्मक धारणा विकास गर्नुका साथै ‘प्रहरी जनताको साथी हो’ भन्ने भावना थप बलियो बनाउन सहयोग पुगेको जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्