नेभिगेशन
सशस्त्र प्रहरी

अवैध तस्करी गरेर ल्याइएको २ करोड ४० लाख रुपैयाँको एप्पल एयरपड्स सशस्त्र प्रहरीको नियन्त्रणमा

महोत्तरी । महोत्तरीमा सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा तस्करी गरेर नेपाल भित्र्याउँदै गरिएको ठूलो परिमाणको एप्पल कम्पनीका एयरपड्स बरामद गरेको छ ।

सोनमा गाउँपालिका–६ मगरथानाबाट भाद्र २० गते बिहान सशस्त्र प्रहरीको टोलीले करिब २ करोड ४० लाख रुपैयाँ मूल्य बराबरका १ हजार २ सय थान एप्पल एयरपड्स बरामद गरेको हो ।

भारतबाट अवैध रूपमा सामान ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नं। ९ गण महोत्तरी, सीमा सुरक्षा गुल्म रघुनाथपुर तथा बोर्डर आउट पोष्ट खैरवनीबाट खटिएको संयुक्त टोलीले एयरपड्स नियन्त्रणमा लिएको जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार गस्ती टोलीलाई देखेपछि एयरपड्स ल्याउने व्यक्ति सामान छाडेर फरार भएका थिए । बरामद सामान आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्