नेभिगेशन
सशस्त्र प्रहरी

भारत लैजान लागिएको साढे १ क्विन्टल बढी गाँजा सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरीले  सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले साढे १ क्विन्टल किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ।

सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार सिरहाको औरही गाउँपालिका–४ स्थित इट्टाटार सीमा क्षेत्रमा बुधबार बिहान सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले ठूलो परिमाणमा गाँजा फेला पारेको हो। गस्ती टोलीलाई देखेपछि नेपालबाट भारततर्फ गाँजा लैजाँदै गरेका व्यक्तिहरूले बोकेको गाँजा बाटोमै छाडेर फरार भएका थिए।

सशस्त्र प्रहरीका अनुसार बिहान करिब १ः३५ बजे सीमा क्षेत्रमा निगरानी गरिरहेका बेला गाँजा बरामद भएको हो। टोलीले घटनास्थलबाट १५७ किलो २०७ ग्राम गाँजा नियन्त्रणमा लिएको जनाएको छ।

बरामद लागुऔषधलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्