नेभिगेशन
सशस्त्र प्रहरी

गृह सचिव शर्माद्वारा सशस्त्र प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाडौं । गृह सचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हलचोकको निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा आज गृह सचिव शर्माले संगठनको समग्र कार्यसम्पादन, सुरक्षा तथा परिचालन अवस्था एवं विपद् व्यवस्थापनसम्बन्धी तयारीबारे जानकारी लिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

सो अवसरमा उनले सशस्त्र प्रहरी बल, नेपालका वरिष्ठ अधिकृतहरूसँग अन्तरक्रियासमेत गरेका थिए।  अन्तरक्रियाका क्रममा गृह सचिव शर्माले संगठनको कार्यसम्पादन, सुरक्षा व्यवस्थापन तथा विपद् व्यवस्थापनसम्बन्धी विषयमा आवश्यक निर्देशन दिएको प्रधान कार्यालयले जनाएको छ।

सशस्त्र प्रहरी बल, नेपालले राष्ट्रको सुरक्षा तथा विपद् व्यवस्थापनमा निर्वाह गर्दै आएको भूमिकालाई थप प्रभावकारी बनाउन निरीक्षण तथा अन्तरक्रिया गरिएको हो।

कार्यक्रममा सशस्त्र प्रहरी प्रमुख नारायण दत्त पौडेलसहित उच्च अधिकृतहरुको उपस्थिति रहेको थियो।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्