नेभिगेशन
सशस्त्र प्रहरी

बसभित्र लुकाएर ल्याइएको २ लाख २५ हजार रुपैयाँको पटका बरामद

सर्लाही । सशस्त्र प्रहरीले सर्लाहीको हरिवनबाट ठूलो परिमाणको पटका बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको चेकप्वाइन्ट टोलीले हरिवन नगरपालिका–११ स्थित पूर्व–पश्चिम लोकमार्गमा सवारीसाधन चेकजाँच गर्ने क्रममा पटका बरामद गरेको हो।

नवलपुरबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बसमा लुकाएर ल्याउँदै गरेको अवस्थामा करिब २ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको पटका फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद पटका आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्