नेभिगेशन
नेपाल प्रहरी

पश्चिम नवलपरासीमा भन्सार छली ल्याइएको २७४ बोटल भारतीय ओल्ड मंक रमसहितको कार बरामद

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरीले भारतबाट भन्सार छली गरेर नेपाल भित्र्याउँदै गरेको भारतीय मदिरासहितको कार नियन्त्रणमा लिएको छ।

पाल्हीनन्दन गाउँपालिका–१, महेशपुरस्थित सीमा क्षेत्रबाट युपी ३२ युटी ५६८९  नम्बरको कारमा ल्याउँदै गरेको ओल्ड मंक रम २७४ बोटल प्रहरीले बरामद गरेको हो।

बरामद भारतीय मदिराको अनुमानित मूल्य ४८ हजार रुपैयाँ र कारको मूल्य ३५ लाख रुपैयाँ रहेको छ। कारसहित बरामद सामग्रीको कुल अनुमानित मूल्य ३५ लाख ४८ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

मदिरासहित दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको इलाका प्रहरी कार्यालय महेशपुरका प्रहरी निरीक्षक सुभराज बमले जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्